उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको केन्द्रीय समिति बैठक आजबाट
काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ।
साउन २७ देखि ३० गतेसम्म चल्ने नवगठित केन्द्रीय समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक, पार्टीको संगठन कार्यबिभाजन र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार बदलिँदो वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment