सदाचार अहिलेको आवश्यकता : विजुक्छें

डिसी नेपाल
२७ साउन २०८१ ९:१६
80
Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार अहिलेको आवश्यकता भएको बताएका छन्।

निओ फ्युजन स्कुल अफ कम्युटर भक्तपुर ७ को शनिबार भक्तपुरमा भएको १९औं प्रमाणपत्र, प्रशंशापत्र, अभिनन्दन, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन समारोहमा उनले सबै पेशाव्यवसायीका लागि यी कुराहगहना भएको बताए। अनुशाशन भएन भने जस्तोसुकै विज्ञताको खास अर्थ नहुने उनले बताए।

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले आफूले सिकेको सीपमा दक्ष भई स्वदेशमै काम गर्नुपर्नेमा जोड दिए। भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले नयाँं पुस्तामा मेहनेतको महत्वबारे चर्चा गरिन्।

कार्यक्रममा जनाइए अनुसार संस्था सन् २००६ मा स्थापना भएको थियो। स्थापनाकालदेखि नै विभिन्न विषयमा युवालाई निःशुल्क तालिम प्रदान गरिरहेको बताइएको छ।

कार्यक्रममा निशुल्क तालिमका प्रशिक्षकहरुलाई पुरस्कार वितरण गरिएको थियो। कृष्णप्रसाद तुईतुई (निःशुल्क हाउस वाइरिङ तालिम प्रशिक्षक), रेणु त्वानाबासु (निःशुल्क पत्रकारिता तालिम प्रशिक्षक), दिपेश लागे (निःशुल्क मोवाइल मर्मत तालिम प्रशिक्षक), सनिशा कोजु (निःशुल्क व्युटि पार्लर तालिम प्रशिक्षक), उगेन वोयुज (निःशुल्क धिमे बाजा तालिम प्रशिक्षक), सविन लेवा (निःशुल्क धाँ बाजा तालिम प्रशिक्षक), लक्ष्मी तामाङ (निःशुल्क नृत्यक तालिमका प्रशिक्षक), सुमित बनमाला (निःशुल्क गीतार तालिम प्रशिक्षक) र एन्जिला याकामी (निःशुल्क इन्टिरियल डिजाइन तालिम प्रशिक्षक) लाई पुरस्कार प्रदान गरिएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *