माओवादी स्थायी कमिटी बैठक : नयाँ नेतृत्व निर्माणका विषयमा बहस

डिसी नेपाल
२७ साउन २०८१ १८:४५
140
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व निर्माणका बिषयमा बहस चलेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकमा नेतृत्व बिकास गर्ने बिषयमा सैद्धान्तिक बहस चलेको प्रवक्ता अग्नि सापकोटाले बताए।

सिद्धान्त, बिचार, नीतिमा राम्रो तयारी गरि नेतृत्व निर्माण गर्नुपर्नेमा छलफल चलेको उनले बताए। उनले स्थायी कमिटीमा चलेको बहसले केन्द्रीय कमिटीमा पनि निरन्तरता पाउने जानकारी दिए।

केहि दिन यता जारी स्थायी कमिटी बैठकमा स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्नेमा सदस्यहरुले जोड दिएको उनले बताए।

त्यस्तै जनताका समस्या र मुद्दाहरुमा केन्द्रित भएर जनपरिचालन कार्यक्रम ल्याउनुपर्ने, नयाँ कार्यनीतिको विकास गर्नुपर्ने धारणा आएको प्रवक्ता सापकोटाले जानकारी दिए।

माओवादी सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशासनका कार्यक्रमहरुबाट सरकार पछि हट्ने देखिएकाले खवरदारी गर्नुपर्ने धारणाहरु समेत आएको उनको भनाइ छ ।

आइतबार माओवादी स्थायी कमिटी बैठकमा १४ जना धारणा राखेका थिए । जसमध्ये अधिकांशले बैज्ञानिक मापदण्ड बनाएर पार्टीभित्रको मूल्यांकनलाई प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *