काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी

डिसी नेपाल
२८ साउन २०८१ ९:५४
24
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ ।

यहि साउन २३ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा पेश भएका ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा जारी बैठकमा आइतबार केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, डा नारायण खड्का, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङगेलु शेर्पा, दिनेशकुमार यादव, उदयशम्शेर राणा, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, राजीवविक्रम शाहले धारणा राखेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरु डा चन्द्रमोहन यादव, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, जानकी सिंह, प्राडा गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयबाबु शिवाकोटी, भीम पराजुली, सुशीला थिङ, सीताकुमारी राना, सुशीला ढकाल ९आचार्य०, विद्यादेवी तिमिल्सिना र शान्ति परियार विकले धारणा राखेका थिए ।

आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *