रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको आगामी उपनिर्वाचनमा भाग लिने भएको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो।
आगामी मंसिरमा देशभर रिक्त रहेको ३४ स्थानीय तह उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ।
गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि देशभर नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment