भ्रष्टाचार मुद्दामा पाँचवर्षे हद म्यादको विरोध
काठमाडौं। भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँचवर्षे हद म्यादको प्रावधान राख्न खोज्ने प्रमुख दलको नियतविरुद्ध नागरिक समाज आन्दोलित भएको छ।
‘सुशासनको प्रत्याभूति गर, नागरिक निराशालाई आशामा अनुवाद गर’ भन्ने आग्रह गर्दै आज मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले जोरपाटी चोकमा शान्तिपूर्ण प्रदर्शनीको आयोजना गरेको हो।
भ्रष्टाचारीलाई दण्डित गर्ने कानुन बनाऊ, भ्रष्टाचारमा चोख्याउने चेष्टा नगर, नीतिगत भ्रष्टाचारको श्रृङ्खला अन्त्य गर, हद म्यादको कसरत संसद् बद्नाम बनाउने अभ्यास बन्द गरजस्ता भ्रष्टाचार विरुद्ध विभिन्न नारा लेखिएका प्ले कार्डसहित पाँच दर्जन नागरिक अधिकारकर्मीको सहभागिता रहेको शान्ति समाज काठमाडौँ शाखाका सभापति भगवान् पुडासैनीले जानकारी दिए।
कार्यक्रममा समाजका केन्द्रीय सभापति रामकृष्ण बराल, सल्लाकार उत्तम पुडासैनी र भ्रष्टाचार विरुद्धका अभियानकर्मी किरण केसीलगायतले अबको आन्दोलन भ्रष्टाचारविरुद्ध हुनुपर्नेमा जोड दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment