प्रधानमन्त्री ओली स्वदेश फिर्ता (१० तस्बिर)

डिसी नेपाल
२७ साउन २०७६ १३:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गरी स्वदेश फिर्ता भएका छन् ।

हिजो राति स्वदेश फर्किने भनिएपनि प्रधानमन्त्री ओली सोमबार मध्यान्ह साढे १२ बजे थाई एयरलाइन्सबाट काठमाडौँ आईपुगेका हु्न । त्रिभुवन विमानस्थल ओर्लिएलगत्तै अनौपचारिक सिंगापुर भ्रमण भन्दै सेनाको सलामी समेत नलिई प्रधामन्त्री ओली विमानस्थलबाट बाहिरिएका थिए ।

१३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेपछि ओली विगतमा पनि स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायतका नेताहरु विमानस्थल पुगेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *