माओवादी आफ्नो अडानबाट पछि नहटेपछि संसद् बैठक स्थगित
काठमाडौं। प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
सभामुखको सचिवालयका अनुसार बैठक भोलि अपरान्ह १ बजेसम्मका लागि बैठक स्थगित भएको हो।
आज १ बजे बस्ने भनिएको बैठक शुरुमा २ बजे र त्यसपछि ३ः१५ बजे बस्ने तय गरिएको थियो ।
गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो। संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो।
अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment