सभामुखको पहलको अभावले संसद बैठक बस्न सकेनः माओवादी सांसद दाहाल
काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभामुखको पहलको अभावका कारण संसद बैठक बस्न नसकेको बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद दाहालले सभामुखले आइतबारका लागि निर्धारित समयमा बैठक नै नबोलाएको समेत बताए।
माओवादी सशस्त्र द्वन्द्वको अपमान हुने गरि राखेको अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने माग स्पष्ट रहेको भन्दै उनले संसद चलाउने काम सभामुखको भएको तर्क गरे।
दाहालले कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएपछि मुलुकको परिवर्तनकारी शक्तिहरुलाई कमजोर पार्ने षडयन्त्र भइरहेको बताए।
दाहालले एमाले नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङको सहकारी प्रकरणको प्रारम्भिक छानविनका क्रममा संग्लग्नता देखिएको दाबी गरे।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment