चालु संसद् अधिवेशन अन्त्यको लागि सिफारिस

डिसी नेपाल
३० भदौ २०८१ १८:५३
84
Shares

काठमाडौं। सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ। माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रिपरिषद वैठकले यो निर्णय लिएको हो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

भोलि अन्तिम वैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *