माओवादीले आज सदन अवरोध नगर्ने
काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको बैठक अवरोध नगर्ने भएको छ।
आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफुहरु ‘हिंसा’ शब्द हटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले विदेश जाने विषयमा संसदमा सम्बोधन गर्न बाधा नगर्ने बताएका हुन्।
उनले आफूहरु सभामुखको विरोधमा नरहेको बताउँदै आफ्ना कुरा राखेर संसद अवरोध नगर्ने स्पष्ट गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment