राष्ट्रियसभा अध्यक्षसमक्ष नवनिर्वाचित समिति सभापतिको शपथ

डिसी नेपाल
३१ भदौ २०८१ १३:३०
80
Shares

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभा मातहतका दुई विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सिंहदरबारमा साेमबार आयोजित समारोहमा अध्यक्ष दाहालसमक्ष विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले शपथ लिएका हुन्।

विषयगत समितिका सपभातिले निर्वाचित भएपछि अध्यक्षसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ। उनीहरु आजै आ-आफ्नाे समितिमा भएको निर्वाचनबाट निर्वाचित भएका हुन्।

अध्यक्षले नवनिर्वाचित सभापतिलाई खादा र पुष्पगुच्छा प्रदान गरी बधाई ज्ञापन गरे। शथप ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरे र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु उपस्थिति थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *