सहकारी छानबिन समितिको प्रतिवेदन संसदमा पेश
काठमाडौं। सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा समितिका संयोजक सूर्य थापाले समितिको अन्तिम प्रतिवेदन प्रस्तुत गरेका हुन्। प्रतिवेदन प्रस्तुत गर्दै संयोजक थापाले कार्यादेशमा केन्द्रीत भइ सहकारी छानविनको काम गरेको बताए।
उनले सहकारी अपचलनमा संलग्नलाई समेत समितिमा हाजिर गराएर सत्य खोज्ने काममा मेहनत गरेको उल्लेख गरे। ४० वटा सहकारीको बित्तिय विश्लेषण गरेको भन्दै उहाले सरकारलाई आवश्यक सुझाव र थप छानविनका साथै कारवाहीको सिफारिस गरिएको जानकारी दिए।
छानविनका क्रममा नक्कली सम्बन्ध बिच्छेद, नक्कली ऋणी, नक्कली धितो, नक्कली खाता, नक्कली खाता परिक्षण देखिएको र कानुनबिपरितको काम गरेर सहकारीको विश्वनियता कमजोर पार्ने काम भएको देखिएको उनले बताए।
संयोजक थापाले समितिको छानबिनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। प्रतिवेदन प्राप्त भएपछि सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारसमक्ष पठाउने व्यवस्था गर्न संसद सचिवालयलाई निर्देशन दिए। सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न प्रतिनिधिसभाले जेठ १५ गते छानबिन समिति गठन गरेको थियो।







डिसी नेपाल







Facebook Comment