किसानको जीवनमा सकारात्मक परिवर्तन आवश्यकः कृषिमन्त्री अधिकारी
काठमाडौं। कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन्। बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्य पूरा हुन नसक्ने बताए।
आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको बक्यौता भुक्तानीका लागि पहल गरेको उल्लेख गर्दे उनले कृषि उपजको उत्पादनसँगै बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना रहेको बताए।
तरकारीमा विषादीको प्रयोग बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको उल्लेख गरे। विषादी न्यूनीकरण गर्न मन्त्री अधिकारीले किसानलाई आग्रह पनि गरे। किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्न बल्खुको जस्तो कृषि बजारको आवश्यकता रहेको मन्त्री अधिकारीले भनाइ थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment