भैरव पुरस्कार गुठीद्वारा तीन पुरस्कार घोषणा
काठमाडौं। नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताको नाम आज घोषणा गरिएको छ। भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताको नाम अनुमोदन गरी घोषणा गरिएको हो।
सार्वजनिक विवरणअनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ। रु एक लाख एक हजार १११ राशीको भैरव वांमय पुरस्कार चुडामणि गौतम र रु ५१ हजार १११ राशीको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने गुठीले जनाएको छ।
पुरस्कार प्राप्तकर्ताको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको एक समिति गठन गरेको थियो। यही असोज १९ गते भैरव स्मृति दिवसको दिन पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको गुठीका सचिव वसन्त रिजालले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment