मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन
काठमाडौं। पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ।
गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो।
स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।
मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment