दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चद्वारा लिखित जवाफ माग
काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा लिखित जवाफसहित कारण देखाउ आदेश गरेको छ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज उक्त रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफसहित कारण देखाउ आदेश गरेको हो।
मेडिकल व्यवसायी प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो। गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए। उक्त रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment