अरुलाई गाली गरेर आफू राम्रो भइँदैन : शशांक कोइराला

डिसी नेपाल
२५ साउन २०८३ १९:०२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्दै आगामी अधिवेशन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

सोमबार नेपाली कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै कोइरालाले बीपी कोइराला र कृष्णप्रसाद कोइरालाले लामो संघर्ष गरेर नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि योगदान गरेको स्मरण गरे।

उनले नेपाली कांग्रेसले इतिहासमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै पार्टीभित्र कसैलाई गाली गरेर आफ्नो पक्ष बलियो नहुने बताए।

‘अरुलाई कुरूप हेरेर आफू सुन्दर हुँदैन । हामी गगन थापालाई किन गाली गर्छौं? गाली गर्नै पर्दैन,’ उनले भने, ‘गाली ग¥यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ । त्यसैले किन गाली गर्नुहुन्छ? केही भन्दै नभन्नुस्, त्यो नै सबैभन्दा ठूलो अपमान हो,’ उनले भने ।

कोइरालाले आफूलाई पार्टीले संयोजकको जिम्मेवारी दिएपछि अप्ठ्यारो अवस्थामा उभिएको उल्लेख गर्दै सबैलाई समेटेर पार्टी एकताबद्ध गर्नु आफ्नो प्राथमिकता रहेको बताए।

‘म एक्लो मान्छे हुँ तर म के चाहन्छु भने सबैलाई समावेश गरेर पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो,’ उनले भने, ‘म एक्लैले केही गर्न सक्दिनँ । तपाईंहरूको सहयोग भयो भने, हातमा हात मिलायो भने धेरै बलियो हुन्छ,’ उनले भने ।

उनले संघर्षबाट नेपाली कांग्रेस निखारिएर आएको भन्दै पार्टीको भविष्य युवाको हातमा रहेको बताए। ‘आजका युवाहरूले यो पुष्टि गर्छन् कि भोलिको नेपाली कांग्रेस बलियो हुन्छ,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *