भिसा दिन नमानेको अमेरिकी दूतावासले सन्दिपलाई फेरि बोलायो

डिसी नेपाल
२८ साउन २०७६ १३:४६

काठमाडौं। नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले बोलाएको छ । मंगलबार बिहान उनलाई भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि उनलाई बोलाएको हो । सन्दिपले क्यारेबियन प्रिमियर लिग खेल्नको लागि जान भिसा मागेका थिए ।

मंगलबार बिहान सन्दिपले दूतावासमा भिसाको निवेदन दिएपछि दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । लगत्तै सन्दिपले ट्वीटरमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र मन्त्रालय र हेलो सरकार समेतलाई मेन्सन गर्दै यसबारे जानकारी दिएका थिए । लगत्तै दूतावासले बोलाएपछि सन्दिप महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *