रौतहटमा करेन्ट लागेर आमा-छोराको मृत्यु

डिसी नेपाल
२३ असोज २०८१ ९:५५
28
Shares

रौतहट। रौतहटको परोहा नगरपालिका-७ नरकटिया टोलमा विद्युतीय मोटरबाट करेन्ट लाग्दा आमा र छोराको दर्दनाक मृत्यु भएको छ।

राजेश साहकी ३५ वर्षीय पत्नी ललिता देवी साह र १८ वर्षीय छोरा अर्जित साहको मृत्यु भएको हो। घटनाको विवरण अनुसार, ललिता देवी कपडा धुनको लागि पानी निकाल्न हैण्डपम्प चलाउन गएकी थिइन्।

हैण्डपम्पमा जडान गरिएको विद्युतीय मोटरमा अचानक करेन्ट लाग्दा उनी अचेत भइन्। आमालाई करेन्ट लागेको देखेपछि छोराले उनलाई बचाउने प्रयास गरे। अर्जितले मोटरको तार काट्ने क्रममा उनी स्वयं पनि करेन्टको चपेटामा परे।

घटनापछि दुबैलाई तत्कालै प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो, तर अस्पतालले आमा-छोरालाई मृत घोषणा गर्‍यो। चिकित्सकहरूका अनुसार उनीहरूको मृत्यु घटनास्थलमै भइसकेको थियो।

मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। यस घटनाले स्थानीयमा शोकको वातावरण सिर्जना गरेको छ। अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेका छन्। विद्युत सुरक्षा र सचेतनाको कमीले यस किसिमका दुर्घटनाहरू हुने गरेको तथ्यलाई पुनः एक पटक उजागर गरेको यो घटना हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *