चीनको सिसापाङमा आरोहण गरि कीर्तिमान बनाएर फर्किएकाहरुलाई भव्य स्वागत

डिसी नेपाल
२८ असोज २०८१ १७:०६
24
Shares

काठमाडाैं। छिमेकी राष्ट्र चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो सिसापाङ हिमाल आरोहण गरि किर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ।

८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका आरोहीहरुलाई सोमबार पञ्चेबाजासहित त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको हो।

नेपाली महिलातर्फ पहिलो पटक ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गरेकी दावा याङजुम शेर्पा, ८००० मिटर माथिका सबै १४ हिमाल आरोहण गर्न सफल निमा रिन्जी शेर्पा, तेजन शेर्पा, पासाङ शेर्पा लगाएत ९ जना आरोहीहरुलाई नेपाल पर्वतारोहण संघ लगाएत आफन्त र समर्थकहरुले सम्मानका साथ स्वागत गरिएको थियो।

साथै उनीहरुलाई बानेश्वर, त्रिपुरेश्वर, ठमेल हुँदै भृकुटीमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *