पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रवी लामिछानेमाथि गम्भीर आरोप (मर्नुअघिको भिडियो)
काठमाडौं। गएको साउन २० गते चितवनको एक होटलमामा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक भएको छ।
नेपाल आज यूट्युबमा अपलोड गरिएको भिडियोमा मृतक पत्रकार पुडासैनीले आत्महत्याको कारण न्यूज ट्वान्टीफोरका अर्का पत्रकार रवी लामिछाने हो भनेका छन्। उनले न्यूज ट्वान्टी फोरमै कार्यरत अर्का युवराज कँडेल र एक युवतीमाथि पनि गम्भीर आरोप लगाएका छन्।
मर्नु अघिको भिडियो दावी गरिएको सो भिडियोमा पुडासैनीले ऋणले आफु डिप्रेसनमा परेकोसमेत उल्लेख गरेका छन् । भिडियो होटलको कोठामा खिचिएको जस्दो देखिएको छ भने उनी रोइरहेका पनि छन्। उनले रुँदै भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेका छन्।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
रबिलामिछाने भन्ने पतित हन्टरले मारेको प्रष्ट छ कारबाही गर चितवन प्रहरी।