विद्युतीय झट्काले एक बालिकाको मृत्यु, दुई घाइते

डिसी नेपाल
२ कार्तिक २०८१ १८:३२
72
Shares

महोत्तरी। खेतमा धान काट्न हिँडेकी महोत्तरीको गौशाला–३ मा बाटोमा रहेको नांगो विद्युतीय तारले करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पचाइनटोलकी १२ वर्षीया करिना महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान आफ्नो खेत नपुग्दै बाटोमा विद्युतीय नांगो तारको झट्काले उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीले जनाएको हो। बालिकालाई उद्धार गर्न खोज्दा सोही बस्तीका १८ वर्षीया राधा महतो र १४ वर्षीया विभा महतो घाइते भएका प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले जानकारी दिए।

पचाइन बस्ती कै विनोद महतोले आफ्नो खेतको चारैतिर वन्यजन्तुबाट बाली जोगाउन बिछाएका विद्युतीय तारको स्वीच निभाउन (अफ नगर्दा) बिर्सिँदा घटना भएको प्रहरीले जनाएको छ। घटनालगत्तै महतो भने फरार छन्।

शव परीक्षणका लागि बर्दिवास अस्पताल पुर्‍याइएको र घाइते दुई किशोरीको गौशालास्थित स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ। दुवै किशोरीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *