बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु

डिसी नेपाल
३ कार्तिक २०८१ १८:३६
300
Shares

झापा। झापामा शनिबार भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

झापा कमल गाउँपालिका ५ स्थित रवि पेट्रोलपम्प अगाडि पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ३४३५ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ। घटनापछि आक्रोशित स्थानियले बसमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्।

घटनापछि मृतकको शव सडकमै राखेर स्थानीयले विरोध जनाएका थिए जसका कारण पूर्व पश्चिम राजमार्ग केहिबेर अवरुद्ध भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *