रवि लामिछानेको पक्राउ सही छः चित्रबहादुर केसी

डिसी नेपाल
४ कार्तिक २०८१ १६:३१
692
Shares

काठमाडौं। राष्ट्रिय जनमोर्चाले रास्वपाका सभापति रवि लामिछानेको पक्राउबारे समर्थन गरेको छ।

आइतबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै लामिछानेको गिरफ्तारी सही भएको बताउँदै यस प्रकरणमा संलग्न अन्यमाथि पनि सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ- ‘रवि लामिछानेमाथि अनुसन्धान गर्न गरिएको गिरफ्तारी सामान्यतया सही नै छ । रविमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्दछ ।’

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी पोखरा पुर्याइएको छ ।

यसैक्रममा अहिले उनलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *