हङकङ सिक्सेस: इङल्याण्डले नेपाललाई दियो ९८ रनको लक्ष्य
काठमाडौं। हङकङ सिक्सेस अन्तर्गत इङ्ल्याण्डले नेपाललाई ९८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो।
इङ्ल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए।
त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment