आइसीसी लिग २ : नेपाल अमेरिकासँग पराजित

डिसी नेपाल
१८ कार्तिक २०८१ ७:१२
116
Shares

काठमाडौं। नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग पराजित भएको छ। यस खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुँदै २४४ रन बनाएको थियो। यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउदै २८१ रन बनाएको थियो।

यो जितपछि अमेरिका लिग-२ को शिर्ष स्थानमा उक्लिएको छ। अमेरिकाको १२ खेलमा १६ अंक भएको छ। त्यस्तै नेपालको भने ११ खेलमा केवल ५ अंक छ।

अब नेपालले सिरिजको अर्को खेल सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *