पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
२३ कार्तिक २०८१ १८:०६
84
Shares

काठमाडौं। पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन्। श्वास फेर्न गाह्रो भएपछि गत आइतबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई शुक्रबार अपरान्ह साढे ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो।

९६ वर्षीया रत्नको छातीमा संक्रमण देखिएपछि अस्पताल लगिएको थियो। शुक्रबार उनको डिस्चार्ज भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज पारस शाह लगायत अस्पताल पुगेका थिए।

चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिएको थियो। रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। राजा ज्ञानेन्द्रको नारायणहिटीबाट बहिर्गमनपछि पनि उनी त्यहाँस्थित महेन्द्र मञ्जिलमै बस्दै आएकी छन्। रत्न २०११ देखि २०२८ सालसम्म नेपाल अधिराज्यकी रानी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *