आफ्नै नेतालाई ‘नो नट अगेन’ भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी

डिसी नेपाल
२४ कार्तिक २०८१ १४:५१
72
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेल परेपछिको जारी आन्दोलन कमजोर बनाइएको भन्दै कार्यकर्ताले खबरदारी गरेका छन्।

रास्वपाका कार्यकर्ताले पार्टी कार्यालय बनस्थलीमा प्लेकार्डसहित धर्ना दिदै नेताहरुलाई आन्दोलन जारी राख्न सचेत गराएका हुन्। पार्टीको केन्द्रीय समिति बैठक जारी रहेका बेला कार्यकर्ताले आन्दोलनको विकल्प नरहेको भन्दै आफ्नै नेतालाई ‘नो नट अगेन’ भन्ने अवस्था आउन नदिन सचेत गराएका छन्।

उनीहरुले पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले ठोस निर्णय लिन नसकेको भन्दै धर्ना दिएको बताएका छन्। रास्वपाले भावी रणनीति तय गर्न अहिले केन्द्रीय समितिको बैठक बसिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *