डिजल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौं। नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ। निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो।
निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ। नयाँ मूल्य अनुसार अब काठमाडौंमा डिजल तथा मट्टीतेलको प्रतिलिटर १५३ रुपैयाँ पर्ने भएको छ।
निगमले भारतको इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मुल्यमा पेट्रोलमा प्रतिलिटर ३२ पैसा तथा डिजल मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको जानकारी दिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment