पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च
काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्रै छ ।
चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो। कात्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात् रु चार खर्ब १५ अर्ब दुई करोड खर्च भएको छ।
सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५ दशमलव ६५ प्रतिशत छ। चालुगत शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा रु दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख बराबर खर्च भएको छ।
पुँजीगत शीर्षकका रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन भएकामा नौ दशमलव आठ प्रतिशत अर्थात् रु ३४ अर्ब ५३ करोड १० लाख बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन भएकामा पहिलो चौमासिकमा रु ८९ अर्ब ९६ करोड २४ लाख बराबर खर्च भएको छ।
कात्तिक मसान्तसम्मको राजस्व संकलन वार्षिक लक्ष्यको २२ दशमलव ३६ प्रतिशत बराबर छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा हालसम्म रु तीन खर्ब २९ अर्ब एक करोड ५५ लाख बराबर खर्च भएको छ। सरकारले चालु आर्थिक वर्षका लागि रु ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखिएकामा हालसम्मको प्रगति शून्य छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment