समाजको गतिसँगै अघि बढाउन संविधान संशोधन गरिन्छ: अर्थमन्त्री
बुटवल। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गरिने बताएका छन्।
थारु कल्याणकारिणी सभाको २३ औं महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उ्घाटन गर्दै अर्थमन्त्री पौडेलले अहिले संविधानको आधारमा मुलुकलाई अगाडि बढाउनुपर्छ भन्नेहरूको सरकार भएकाले संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गरिने बताएका हुन्।
थारु समुदाय माथि भइरहेका विभेद र असमानता सम्पूर्ण रुपमा समाप्त गर्नका लागि नीति र निर्णयका माध्यमबाट अगुवाइ गर्ने उहाले बताए। थारु समुदायमाथि कुनै प्रकारको विभेद नहुने उनले बताए।
थारु कल्याणकारी सभाको राष्ट्रिय महाधिवेशन मंसिर ३ गतेसम्म चल्ने थारु कल्याणकारिणी सभाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment