सिद्धार्थ बैंक लिमिटेड, नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

डिसी नेपाल
३ मंसिर २०८१ १०:३१
116
Shares

काठमाडौं। क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको छ।

क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीहरु, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरु र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुर स्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।

नेपालको क्रिकेट जगतलाई थप उचाइमा पर्याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष  मनोज कुमार केडियाले व्यक्त गरेका थिए। साथै, बैंकका प्रमुख कार्यकारी अधिकृतले मन्तव्य प्रस्तुत गर्दै बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पुर्याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउन मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए ।

पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको हो। यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *