कहाँ राखियो दुर्गा प्रसाईंलाई?
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ।
मंगलबार भक्तपुरस्थित निवासबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेर प्रसाईंलाई अनुसन्धानका लागि आफू मातहतको केन्द्रीय साइबर ब्यूरोमा बुझाएको थियो।
सोमबार प्रसाईंले युट्युबरसँग प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबीसहित केही कागजपत्र सार्वजनिक गरेका थिए।
प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजात कीर्ते गरेर तयार पारिएको पाइएपछि उनी अनुसन्धानको दायरामा तानिएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment