ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२९ असोज २०८३ २०:३७
164
Shares

सुनसरी। धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा आज दिउँसो धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा नगरपालिका-९ बेलहराका ३६ वर्षीय दीपेन्द्रराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनापछि ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका-१३ बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *