आज र भोलि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आज र भोलि वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसममा बदली आएको हो।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै हिमपातको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज र भोलि विशेषगरी देशको पश्चिमी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालाहरूलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ। महाशाखाले पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित जानकारी लिई आवश्यक तयारी गर्नसमेत ध्यानाकर्षण गराएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment