दसैंको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो

डिसी नेपाल
२९ असोज २०८३ १६:१६
4
Shares

भक्तपुर । चारैतिर विजयादशमीको उल्लास र उमङ्ग छाएको छ। बजारमा नयाँ कपडा र खानपानका सामान किन्नेहरूको भिडभाड बढेको छ भने घरघरमा चाडपर्वको तयारी तीव्र रूपमा भइरहेको छ। तर, भक्तपुरका किसानहरूलाई भने दसैंको रमाइलोभन्दा पनि खेतमा पाकेर पहेँलपुर भएको धान थन्क्याउने चटारो परेको छ।

वर्षभरिको मुख्य अन्नबाली भित्र्याउने बेला र बडा दसैं पर्व एकै समयमा परेपछि यहाँका किसानलाई अहिले दिनरात काम भ्याइनभ्याइ भएको छ। एकातर्फ चाडपर्वको रौनक छ भने अर्कातर्फ मौसमको अनुकूलतालाई ध्यानमा राख्दै पाकेको धान समयमै काट्न र भित्र्याउन किसानहरू खेतमै व्यस्त देखिन्छन्।

दसैंको टीकाको दिन नजिकिँदै जाँदा गाउँघरमा पाहुनापासाको स्वागत र चाडपर्वको तयारी गर्नुपर्ने समयमा धान काट्ने कामले किसानलाई फुर्सद दिएको छैन। परिवारका सबै सदस्य खेतमै खटिएर धान काट्ने, दाइँ गर्ने र भित्र्याउने काममा जुटेका छन्। धान समयमै थन्क्याउन नसकिएमा वर्षा वा प्रतिकूल मौसमले बाली बिग्रन सक्ने डरले किसानहरूले चाडपर्वको खुसीलाई थाती राखेर पसिना बगाइरहेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *