दुई किलो चरेशसहित ७७ वर्षीय वृद्ध पक्राउ

डिसी नेपाल
५ मंसिर २०८१ १६:५०
36
Shares

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–५ बनगाउँका ७७ वर्षीय पिउठ बोहरा लागूऔषधसहित पक्राउ परेका हुन्।

दुई किलोग्राम चरेसहित बुधबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनको गोठ तलासी गर्दा लुकाइराखेको अवस्थामा लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *