रविविरुद्ध चितवनमा पनि किटानी जाहेरी
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि उजुरी परेको छ।
चितवनको साहारा सहकारीको बचत रकम अपचलन गरेको भन्दै बचतकर्ताले बुधबार लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका हुन्।
सहकारी संघष पीडितका अध्यक्ष शालिकराम दवाडीले रवि र छबिसहित १० जनाविरुद्ध जाहेरी दिएको बताएका छन्।
यसअघि साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment