सर्वोच्चमा विशेष महाधिवेशनको पक्षमा शानका साथ डिफेन्स गर्छौं : सभापति थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बारे सर्वोच्चको पछिल्लो आदेश बारे टिप्पणी गर्दै सर्वोच्च अदालत विशेष महाधिवेशनको पक्षमा शानका साथ डिफेन्स गर्ने बताएका छन्।
केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अदालतप्रति विश्वास गर्नुपर्ने भन्दै हिजो निर्वाचन आयोग र अदालतकै एउटा बेन्चले सहि भनेको कुरा भोली पनि सहि नै हुने दाबि गरेका थिए।
सभापति थापाले भने, ‘हामी अदालत गएका होइनौं, चित्त नबुझेर केहि साथीहरु अदालत जानुभयो। एकपल्ट फेरि निर्वाचन आयोगले गरेको निर्णय त्यहीँ छ। त्यसमा छलफल होस् भन्ने चाहनुभएकाले हामी शानका साथ अदालत जाने, शानका साथ डिफेन्स गर्ने हो।’
उनले आफू विधानभन्दा बाहिर नजाने भन्दै कसैले तर्साएर नतर्सिने बताए। उनले महाधिवेशनमा सबैको समान सहभागिता गराउने गरि आफुले पहल गरिरहेको बताउँदै पार्टीको महाधिवेशन गर्दै, कानुनी लडाई पनि लड्ने र पार्टीविरुद्ध भएका सबै घेराबन्दीसँग लड्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment