ट्रक दुर्घटना हुँदा बुवाको मृत्यु, दुई छोरा घाइते
काठमाडौं । उदयपुरमा ट्रक दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। त्रियुगा नगरपालिका-१३ असारीस्थित दनुवारी चोकबाट गाईघाटतर्फ आउँदै गरेको स१त ५७४२ नम्बरको ट्र्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०५-००१ प ४२७३ नम्बरको मोटरसाइकल बुधबार साँझ एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको र सवार दुई जना छोरा घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरेको थियो।
दुर्घटनमा मोटरसाइकल चालक ४५ वर्षीय महादेव चौधरीको ज्यान गएको छ। घाइते छोराहरू १५ वर्षीय दिवाकर चौधरी र १० वर्षीय कृष्ण चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएकोमा थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरिएको छ। प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment