सिरहामा धमाधम खुले कृषिजन्य उद्योग, हालसम्म १४ सय घद्योग दर्ता

डिसी नेपाल
३२ साउन २०७६ १०:५०

लहान । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ।

जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ। दर्ता गरिएका मध्ये ५५८ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए।

कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४०२, पशुपालनका ७८ तथा कुखुरापालनका ६४ नयाँ उद्योग दर्ता भएको छ। आव २०७५/७६ मा उत्पादनमूलक उद्योग १९१, सेवामूलक उद्योग ७४० तथा कृषि तथा वनजन्य ५५८ उद्योग दर्ता भएको छ। उक्त सङ्ख्या आव २०७४/७५ मा दर्ता भएको भन्दा दोब्बर बढी हो।

आव २०७४/७५ मा जिल्लामा ८४२ नयाँ उद्योग दर्ता भएको थियो। जिल्लामा उत्पादन उद्योग एक हजार २७९, कृषि तथा वनजन्य उद्योग एक हजार ५८ र सेवा उद्योग तीन हजार १०३ रहेको छ। नयाँ उद्योग दर्ताबाट रु ७५ लाख ८६ हजार राजश्व सङ्कलन भएको यादवले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *