महोत्तरीमा उत्कृष्ट करदाताको रुपमा भण्डारी दोश्रो पटक सम्मानित

डिसी नेपाल
७ मंसिर २०८१ १९:३७
28
Shares

महोत्तरी । महोत्तरीमा नै सवैभन्दा बढी कर तिरेवापत व्यवसायी तथा समाजसेवी कुमार भण्डारी सम्मानित भएका छन्।

मापदण्डमा आधारित भएर राज्यलाई सवैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय जनकपुरले भण्डारीलाई सम्मानित गरेको हो।

अघिल्लो आर्थिक बर्षमा समेत उत्कृष्ट करदाताकोरुपमा सम्मानित भएका भण्डारीले व्यवसायी इमान्दारिता हरेकमा हुनुपर्ने वताउदै करमा सवैले इमान्दारिता देखाउनु पर्ने धारणा राखे। तर राज्यलाई तिरेको कर सरकारले व्यावसायिक हकहितको लागि प्रयोग गर्नुपर्ने उनको भनाई छ।

बर्दिवासमा संचालित रक्षा टेडर्स एण्ड सप्लायर्सको माध्यमवाट उत्कृष्ट कारोवार गर्दै करप्रती भण्डारीले देखाएको इमान्दारिता अनुकरणीय भएको कर कार्यालय प्रमुख आनन्द गुप्ताले वताए। ‘एउटा व्यापारी लगातार उत्कृष्ट करदाताकोरुपमा समानित हुनु निक्कै ठुलो विषय हो।’ प्रमुख गुप्ताले भने। ‘अन्य व्यापारीहरुले पनि व्यावसायिक इमान्दारिता र राज्यप्रतिको दायित्वलाई आत्मासाथ गर्ने पर्छ।’

रक्षा टेडर्सले आर्थिक वर्ष २०७९/८० मा मात्र भण्डारीले १७ करोड भन्दा बढी कारोवार गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *