विवाह गर्छु भन्दै १३ वर्षीया बालिकालाई बलात्कार

डिसी नेपाल
३२ साउन २०७६ ११:२३

भोजपुर। भोजपुरको अरुण गाउँपालिका–७ की १३ वर्षीया बालिका बलात्कृत भएकी छ्न्। बालिका बलात्कार अभियोगमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

विकले १८ साउनको राति स्थानीय जनश्रम प्राथामिक विद्यालय जरायोटारमा लगेर बालिकालाई बलात्कार गरेका आफन्तले बताएका छन्। केही समयअघि देखि विक र बालिकाबीच चिनजान भएको थियो। उनले बालिकालाई विवाह गर्छु भन्दै बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बालिकाको जिल्ला अस्पताल भोजपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ। ‘राति विद्यालयमा लगेर विकले जबरजस्ती करणी गरेका हुन्’ बालिकाले उजुरीमा उल्लेख गरेकी छन्। पक्राउ परेका विकमाथि जिल्ला अदालत भोजपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *