दक्षिण एसियाली देशहरू वन्यजन्तु अपराधविरुद्ध काठमाडौंमा गोलबद्ध

डिसी नेपाल
२५ भदौ २०८३ १७:३३

काठमाडौं । दक्षिण एसियाका वन्यजन्तु अपराध नियन्त्रण तथा कार्यान्वयन निकायहरूको क्षेत्रीय सञ्जाल दक्षिण एशिया वन्यजीव प्रवर्तन नेटवर्क (सावेन) को महासभा नेपालमा पहिलोपटक आयोजना भएको छ।

कृषि वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा सेप्टेम्बर १० र ११ गते काठमाडौंमा आयोजना भएको महासभामा दक्षिण एसियाली मुलुकका वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणसँग सम्बन्धित उच्च अधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

महासभामा वन्यजन्तु तथा वनस्पतिको अवैध ओसारपसार, वन्यजन्तु अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुँदै छ ।

नेपालमा पहिलोपटक आयोजना भाएको यस महासभाले वन्यजन्तु अपराध नियन्त्रणमा नेपालले गर्दै आएको प्रयास तथा दक्षिण एसियाली मुलुकबीचको सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *