एनएमबि बैंकको संस्थापक सेयर लिलामी खुल्यो

डिसी नेपाल
९ मंसिर २०८१ ११:२७
552
Shares

काठमाडौं। एनएमबि बैंकले आईतबार (मंसिर ९ गते) देखि आफ्नो संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ। बैंकले १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर खुला गरेको हो।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन्। संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम भाउ ११० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन्।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ। आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ।

यसमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *