सुनको भाउ आज पनि बढ्यो, कस्ताे छ आजको कारोबार ?
काठमाडौं। नेपाली बजारमा सुनको भाउ लगातार ६ दिनदेखि बढेको छ। आइतबार पनि सुनको भाउ १७ सयले बढेको छ। लगातार ६ दिनमा सुनको भाउ ७२ सय रुपैयाँले बढेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार, मंगलबार र बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १ हजार, ११ सय, ९ सय, १ हजार र १५ सय रुपैयाँले बढेको थियो। यता, आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १९ सय ६० रुपैयाँ कायम भएको छ।
शुक्रबार चाँदीको भाउ तोलाको १९ सय ४० रुपैयाँ कायम रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७१५.२८ र चाँदी प्रतिऔंस ३१.३४ डलरमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment