सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त

डिसी नेपाल
१२ मंसिर २०८१ १६:२८
236
Shares

काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त भएका छन्।

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले आज मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच उनलाई विदाई गरेका छन्। २०५२ सालमा सेवाप्रवेश गरेका गेलाल ५८ वर्षे उमेर हदका कारण बुधबारबाट सेवानिवृत्त भएका हुन्।

मन्त्री सिंहले सचिव गेलालसँग छोटो अवधिको सहकार्य भए पनि स्मरणीय रहेको बताए। उनले गेलालको व्यवसायिक क्षमताको प्रशंसा गर्दै निवृत्त जीवन थप सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

गेलालले सरकारी सेवामा २९ वर्ष ५ महिना विताएको र सो अवधि आफ्ना लागि स्मरणीय रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *