२४ जना जुवाडे काठमाडौंबाट पक्राउ
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका १२ कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका २ घर भएका ४३ वर्षीय बद्री प्रसाद सापकोटाको हाम्रो दुध डेरीभित्र जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ७ जनालाई नगद १५ हजार ९ सय २० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
यसैगरी बुढानिलकण्ठ नगरपालिका १० कपनस्थित खोटाङ, खोटेहाङ गाउँपालिका ५ घर भएका ३६ वर्षीय निरज राईको अस्मिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निरज राई समेत ६ जनालाई नगद १५ हजार ५ सय ५० रुपैयाँ र तीन बुक ताससहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
यसैगरी बुढानिलकण्ठ नगरपालिका १ मुहान पोखरीस्थित जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६८ वर्षीय ध्रुव बहादुर कार्की समेत ११ जनालाई नगद १७ हजार ३ सय ९० रुपैयाँ र ६ बुक तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Animal Antibiotics Keflex cialis tablets for sale Viagra Ohne Rezept Apotheke Kaufen