नेप्से परिसूचक १७.८० अंकले बढ्यो

डिसी नेपाल
१८ मंसिर २०८१ १५:३४
36
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.८० अङ्कले बढेर दुई हजार सात सय ७५.८५ अंकमा पुगेको छ। आज विभिन्न तीन सय सात कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता शेयर आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९.६७ मा कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ पाँच दशमलव ९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बीमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ। साथै बाँकी उपसमूहमा रातो देखिएको छ।

दुई वटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको शेयर मूल्य समान नौ दशमलव ९९ प्रतिशतले बढेको छ।

त्यसैगरी अपर स्याङ्गे जलविद्युत् लिमिटेडको नौ दशमलव ५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको छ दशमलव १८ प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य तीन दशमलव ४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *